Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

युवतीहरुद्वारा दुर्व्यवहार भएको चालकको भिडियो विश्वर भाइरल, ५० हजार डलर सहयोग उठ्यो

0 238

२८ फागुन, काठमाडौँ । अमेरिकामा एक नेपाली चालकमाथि युवतीहरुद्वारा दुर्व्यवहार भएको भिडियो यतिबेला विश्वर भाइरल भइरहेको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा उबर (एक प्रकारको ट्याक्सी जस्तै सवारी साधन) चालक रहेका शुभाकर खड्कामाथि तीनजना युवतीहरुले दुर्व्यवहार गरेका हुन् ।

घटना गत आइतबारको हो । नेपाली युवक ३२ वर्षीय खड्का उबर चालक हुन् । उनको सवारी साधनमा तीन जना महिला यात्रु चढेका थिए तर ती यात्रुलाई चालक खड्काले मास्क लगाउन अनुरोध गर्दा उनीमाथि उल्टै आक्रमण भएको छ ।

खड्कामाथि भएको त्यो आक्रमण र दुर्व्यवहारको भिडियो र सो बारेको समाचार अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएको छ । चालक शुभाकरले नियमअनुसार मास्क लगाउन अनुरोध गर्दा युवतीहरुले अटेर गरेका थिए । मास्क नलगाएमा आफूले सेवा नदिने बताएपछि ती एक जण्ड युवतीले उनीमाथि आक्रमण गरेकी हुन् ।

Subscribe to our newsletter

तीनजना महिला यात्रुमध्ये दुईजनाले मास्क लगाए पनि एक युवतीले भने मास्क लगाउन इन्कार गरिरहेको भिडियो देख्न सकिन्छ । भिडियो अनुसार तर शुभाकरले नियम अनुसार मास्क लगाउनैपर्ने आग्रह ती युवती उल्टै शुभाकर माथि झम्टिन्छिन् । शुभाकरमाथि हातपात गरेर उनले लगाएको मास्क समेत खुस्काउने गरी चिथाेर्छिन् । अझ चालक खड्काेको मोबाइल समेत खोसेर लिने प्रयास गर्छिन् । तर खड्काले युवतीबाट आफ्नो मोबाइल फिर्ता लिन भने सफल हुन्छन् ।

त्यतिमै मात्र उनको आक्रमण रोकिँदैन, ट्याक्सीबाट ओर्लेर हिँड्न लाग्दा फेरि बाहिरैबाट चालक खड्कामाथि आँखा पोल्ने पिरो स्प्रे (धुलाे) ले आक्रमण गरेको बताइएको छ । उबरको अगाडि राखिएको सिसी क्यामेरामा यो सबै दृश्य रेकर्ड भएको छ ।

प्रहरीमार्फत छानबिन सुरू

चालक खड्काले आफूमाथि दुर्व्यवहार भएको भन्दै फ्रान्सिस्को प्रहरीमा छानबिनका लागि उजुरी दिएका थिए । प्रहरीले ती आक्रमणकारी युवतीको पहिचानका लागि छानबिन सुरु गरिसकेको बताइएको छ ।

खड्काले आफूलाई रंगभेदी आशयले आक्रमण गरिएको भन्दै दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन् । ट्याक्सीका ती यात्रुहरुको पहिचानका लागि प्रहरीले अनुसन्धान र खोज सुरु गरिसकेको सन फ्रान्सिस्काे प्रहरीका प्रवक्ताले जनाएका छन् ।

आप्रवासी नागरिकले अमेरिकामा रंगभेदी दुर्व्यवहार खेप्नुपरेको भन्दै अहिले खड्काको सहयोगमा रकम संकलन अभियान नै चलाइएको छ । चालक खड्कालाई सहानुभुति दिने र उनका लागि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग रकम दिनेहरु बढिरहेका छन् ।

सहयोगमा उठ्यो ५० हजार डलर

अमेरिकी भूमिमा दुर्व्यवहारको सिकार भएका नेपाली चालक खड्काको सहयोगार्थ क्राउड फन्डिङमार्फत ५० हजार डलरभन्दा बढी रकम संकलन भइसकेको छ । गोफन्डमी डट ओआरजीमा यो समाचार तयार पार्दासम्म (बिहीबार बिहान) ५० हजार ३५१ डलर सहयोग रकम संकलन भैसकेको छ ।

सियान बनिस्टर नामक एक प्रयोगकर्ताले गाे फन्ड मी मा खड्काको तर्फबाट उक्त सहयोग रकम संकलन अभियान चलाएका हुन् । सो अभियानमार्फत २० हजार डलर संकलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा दोब्बर बढी सहयोग संकलन भइसकेको छ ।

सहयोग अभियन्ताले दुर्व्यवहारमा परेका खड्का अहिले मानसिक तनाव र डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाका कारण सहयोग गर्न आग्रह गरेका छन् ।

ललितपुर घर भएका चालक खड्का सन् २०१२ मा अमेरिका पुगेका थिए । उनी त्यहाँ उबर चालकको रुपमा काम गर्दै जीवन निर्वाह गरिरहेको बताइएको छ ।

एजेन्सी



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.