Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ब्युँतिएकाे एमालेले डाक्यो केन्द्रीय कमिटी बैठक, चैत १ गते बस्ने तयारी

0 756

२८ फागुन, काठमाडाैँ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याई दिएपछि एमालेले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ ।

पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक चैत १ गते बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी कमिटी बैठक बस्ने भनेको पार्टीले पर्याप्त तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो । दुई धारमा विभाजित एमालेका नेताहरु एक ठाउँमा आएपछि केन्द्रीय कमिटी बैठकको तयारी गरिएको नेताहरुले बताएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ । एमाले ब्युँतिएपछि पनि पार्टीका नेताहरुबीच छलफल भने हुन सकेको छैन् । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

Subscribe to our newsletter

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली पक्षको स्पष्ट बहुमत छ । ओली पक्षीय नेताहरुले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.