‘डिशहोम गो’मा ७० वटा च्यानल
२८ फागुन, काठमाडौं । डिशहोमले ‘डिशहोम गो’मा ७० वटा च्यानल दिनथालेको छ । यसअघि कम्पनीले २० वटा च्यानल मात्र सञ्चालन गरिरहेको थियो । मोबाइलमै टेलिभिजन हेर्ने सुविधा डिशहोम गो सुरु गरेको कम्पनीले अब ग्राहकहरुलाई ७० वटा च्यानल हेर्न मिल्ने सुविधा ल्याएको हो ।
डिशहोम गोले भिडियो अन डिमान्ड सेवा पनि सुरु गरेको छ जसमा आफूले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्म हेर्न सकिन्छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समयअघि नै डिशहोम गो मोबाइल एप ल्याएको थियो ।
डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानललाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्नेछैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउनेछन् ।