सेन्चुरी बैंककाे १०औँ वार्षिकोत्सव, २ नयाँ शाखा उद्घाटन
२८ फागुन, काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले स्थापनाको १०औँ वार्षिकोत्सव मनाएको छ । १० वर्ष अघि ‘सरल बैंकिङ सबैका लागि’ नाराका साथ बैंकको स्थापना भएको थियो ।
बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सेन्चुरी बैंक ठूलो र मजबुद बैंकका रूपमा अघि बढिरहेको दाबी गरे ।
बैंकले दोहोरो अंकको वृद्धि गरी सेयरधनीलाई उच्च प्रतिफल दिन सफल भएको अध्यक्ष श्रेष्ठले बताए । उनले बैंकमा संस्थागत सुशासन कायम राख्दै कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बैंकका सञ्चालकहरू सुनिलकुमार न्यौपाने, मनबहादुर राई र प्रमुखकार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा स्थापनाकालदेखि हालसम्म निरन्तर सेवा प्रदान गरी बैंकको विकासमा पु¥याएको योगदानको कदर गर्दै ५४ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
काठमाडौंमा २ नयाँ शाखा उद्घाटन
बैंकले १०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा २ वटा शाखा विस्तार गरेको छ । गौरीघाट र बालाजुमा स्थापित नयाँ शाखाको अध्यक्ष श्रेष्ठले अनलाइनमार्फत औपचारिक उद्घाटन गरे । योसँगै बैंकको शाखा संख्या १ सय २२ पुगेको छ । यी शाखासँगै १० वटा एक्स्टेन्सन काउन्टर, २३ वटा शाखारहित बैंकिङ र ८८ वटा एटिएममार्फत देशका सहरी तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । सेवाप्रवाहमा आधुनिक प्रविधिको भरपूर प्रयोग गरिएको पनि बैंकको भनाइ छ ।
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ३ करोड रहेको छ । बैंकले चालू आवमा ८७ अर्ब ७० करोड निक्षेप संकलन तथा परिचालन गरी ७३ अर्ब ८८ करोड कर्जाप्रवाह गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर सहयोग
वार्षिकोत्सवका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न सामाजिक काम गरेको छ । झापा शाखाले नेपाल रेडक्रस सोसाइटीसितको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । बानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन र बनेपा–धुलिखेल शाखामार्फत उज्यालो महिला समाज बनेपालाई एक–एक थान कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ । त्यसैगरी, सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्ट्यान्डसहितको डस्टबिन वितरण, दैलेख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमामेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ ।
बैंकको चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठन–पाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्रि निम्नमाध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण गरेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले झुम्का शाखामार्फत श्री पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानीव्यवस्थापनमा सहयोग गरेको छ । टीकापुर शाखाले स्थानीय ऐतिहासिक शिवमन्दिरको सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको बैंकले जनाएको छ ।