Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘आँधी तुफान–२’ मा ‘साहो’ का खलनायक

0 432

२७ फागुन, काठमाडौं । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार नायक प्रभासको चर्चित फिल्म ‘साहो’मा खलनायकको भूमिका निर्वाह गरेर चर्चा कमाएका नेपाली अभिनेता कनिज कोइरालाले नेपाली फिल्म ‘आँधी तुफान–२’मा अभिनय गर्ने भएका छन्। मौनता श्रेष्ठले निर्माण गर्न लागेको हिरोरहित यो फिल्ममा कनिज खलपात्रको रूपमा प्रस्तुत हुँदै छन्।

शारीरिक रूपले पनि निकै आक्रामक देखिने उनी अहिले हैदराबादमा प्रभासकै फिल्म ‘आधि मानव’मा काम गरिरहेका छन्। मोडलिङ तथा फिटनेसमा आधारित प्रतियोगिताहरूमा आफूलाई अब्बल देखाएका उनी जोन अब्राहम, डिनो मोरियोलगायतका अभिनेता तथा मोडल सहभागी प्रतियोगिताका प्रतिस्पर्धी हुन्।

नेपाली फिल्मप्रति खासै चासो नदिँदै आएका कनिजले आँधी तुफानको कथा र आफ्नो भूमिका आकर्षक लागेकाले काम गर्न लागेको बताए। मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मको हालै निर्माण घोषणा गरिएको हो। चैतको मध्यबाट छायांकनमा जाने फिल्मका लागि उनी नेपाल आउँदै छन्। नयाँ बानेश्वरमा जन्मेका कनिजका अन्य भारतीय फिल्म पनि आउँदै छन्। कनिजसँगै नेपाली फिल्म उद्योगमा अग्ला नायकको छवि बनाएका सञ्जय खतिवडा पनि फरक भूमिकामा देखिन लागेका छन्। कोरोना कहरका कारण सुस्ताएको नेपाली फिल्म उद्योगमा मौनताको आँधी तुफानको घोषणा र कनिजले त्यसमा अभिनय गर्न लागेको खबरले चर्चा सुरु भएको छ।

Subscribe to our newsletter

एक दशकअगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’को सिक्वेलका रूपमा फिल्म निर्माण हुन लागेको हो। फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बीसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ, बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ।

थ्रिलर र सस्पेन्स विषयमा भरपूर नारी एक्सन समेटेर फिल्म निर्माण हुन लागेको निर्देशक घिमिरेले बताए। फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीको गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.