Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राजको शब्द, जीवनको संगीतमा ‘खुशी’ सार्वजनिक ( भिडियो )

0 584

२७ फाल्गुन, काठमाडौँ । चर्चित युवा गायक प्रताप दासको स्वरमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा राज केसीको शब्द रहेको छ। जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ।

म्युजिक भिडियोमा गीतकार केसीको साथमा अस्ट्रलियन मोडेल एबि फिचर्ड छन्। म्युजिक भिडियोमा गीतकार केसी र एबिलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।

Subscribe to our newsletter

अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

लामो समयदेखि अष्ट्रेलियामा रहेर आफ्नो कलायात्रालाई अघि बढाइरहेका गीतकार केसी र निर्देशक रसाइलीले आफुहरुले कोरना कहरबीच निकै मेहेनत साथ यो भिडियो तयार पारेको बताएका छन्। अष्ट्रेलियामा पनि नेपाली म्युजिक भिडियो राम्रो बन्न सक्छ भन्ने उदाहारण आफुले पेश गरेको निर्देशक केसीले बताएका छन्। म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्णमा आग्रह गरेको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.