Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ग्रीनलाइफ हाइड्रोपावरको शेयर डिम्याट खातामा

0 392

२७ फागुन, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी (GLH) ले सर्वसाधारणका लागि निष्काशन गरेकाे शेयर डिम्याटमा आएकाे छ। बिहिबारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको शेयर डिम्याट खातामा पठाउन थालेको हो।

सिडिएससीले कम्पनीको शेयरलाई जिएलएच (GLH) कारोबार संकेतमा मेरो शेयरमा पठाएको छ। नेप्सेले कम्पनीको शेयर शुक्रबार सूचीकृत गर्ने तयारी गरेको छ। शुक्रबार शेयर नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३३ पैसा रहेको छ। नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ।

Subscribe to our newsletter

त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.