Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मुगु जिल्ला नेपाली कांग्रेसका सोरु गाउँपालिका कार्यसमितिका सभापति ट्रकको ठक्करबाट निधन

0 554

२७ फागुन, काठमाडौं । मुगु जिल्लाका नेपाली कांग्रेस सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय जयकर्ण मल्लको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

उनीको मृत्यु हिजो ९ बजे भएको हो । मल्लले बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्कर दिएको हो।

उनको मृत्यु प्रति नेपाली कांग्रेसले शोक वक्तव्य निकाल्दै स्वर्गीय मल्लले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको उल्लेख गरेको छ ।

Subscribe to our newsletter

साथै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ नेपाली कांग्रेस शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ भन्ने मुख्य सचिव कृष्णप्रसाद पौडेल उल्लेख गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.