Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

च्याम्पियन्स लिगमा लाइपजिलाई हराएसँगै लिभरपुल क्वाटरफाइनलमा प्रवेश

0 380

२७ फागुन, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब आरबी लाइपजिलाई हराएसँगै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

लीगको पहिलो खेलमा २-० गोलअन्तरले जित निकालेको लिभरपुलले गएराति सम्पन्न दोस्रो लीगमा पनि २-० कै जित निकाल्दै समग्रमा ४-० को जित निकालेर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो।

हंगेरीको पुस्कास एरेना स्टेडियममा सम्पन्न गएरातिको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए।

Subscribe to our newsletter

उनले डिओगो जोटाको पासमा खेलको ७० औं मिनेट गोल गरेका थिए। त्यसको चार मिनेट भित्रै साडियो मानेले गोल थप्दा लिभरपुलले २-० को जित सुनिश्चित गर्‍यो। र, समग्रमा ४-० को जित निकाल्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.