सुनचाँदीको मूल्य बृद्धी
२७ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
बुधबार सुनको मूल्य तोलामा ८६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।
बुधबार पनि सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ३५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२ सय ७० मा कारोबार भएकोमा आज बढेर १२ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।