यस्तो छ काठमाडौंको आजको ट्राफिक व्यवस्थापन

0 427

२७ फाल्गुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ।

पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गर्दै सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ।

विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले जानकारी दिएको छ । धेरै टाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी र अन्य प्रकारका सवारी साधनलाई निर्वाध आवतजावतको व्यवस्थासमेत मिलाइएको र पार्किङ गर्ने स्थानसमेत तोकिएको महाशाखाका प्रमुख जनक भट्टराईले बताए ।

नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको उनको भनाइ छ।

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले बताए ।

मालबाहक सवारी साधन तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामङ्गल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एवम् भक्तजनका सवारी साधनलाई वनकाली खुला चौर, सिफलचौर, गुहेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ।

पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन र सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.