Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, दिउँसो वर्षाको सम्भावना

0 438

२७ फाल्गुन, काठमाडौँ । मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Subscribe to our newsletter

शुक्रबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २७ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २८ गते (शुक्रबार)

दिउँसो : प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

फागुन २९ गते (शनिबार)

दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, वाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.