बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

0 345

२७ फाल्गुन, एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो ।

बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो ।

३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । त्यसपछि खेलमा कुनै पनि गोल भएनन् । तर अवे मैदानमा पिएसजीले गरेको ४-१ को जित दोस्रो लेगका लागि पर्याप्त भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.