Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कांग्रेस सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

0 302

२७ फागुन, काठमाडाैँ । महाशिवरात्रि पर्वकाे अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्नुभएकाे छ ।

‘नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यसमध्ये हिन्दू धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” एक महत्वपूर्ण र पवित्र पर्व हो,’ सन्देशमा भनिएकाे छ, ‘प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।’

उहाँले महाशिवरात्रीको यस पावन अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा सदा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.