Advertisement

आज – २७ फाल्गुण २०७७ बिहिवार को राशिफल

0 358

Advertisement

२०७७ फागुन २७ गते, बिहीवार, ११ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, त्रयाेदशी तिथि (१४ः५२ बजेदेखि चतुर्दशी)। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर, ९ः४९ बजेदेखि कुम्भ।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्न सक्छ। 

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले पनि काममा उत्साह जगाउनेछ। सामाजिक दायित्व बढ्नेछ। महत्त्वाकांक्षी योजना थालनी हुनेछ। 

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगको नाममा झुक्याउनेहरूले दु:ख दिनेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनुका साथै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। काम रोकिने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। शुभचिन्तककाे सहयाेगले केही काम सम्पादन हुनेछन्।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। 

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। 

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषि तथा पशुपालनमा आम्दानी बढ्नाले धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। 

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। असंयम बाेलीका कारण धाेका हुन सक्छ। स्वास्थ्य पनि प्रतिकूल बन्ने समय छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्ला। वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं स्वादिष्ट खानपानकाे अवसर प्राप्त हुनेछ। विशेष उपहार, सम्मान आदि प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बौद्धिक क्षमताको तारिफ हुनाले अध्ययनमा ध्यान केन्द्रित हुनेछ। व्यक्तित्व निखार्ने अवसर छ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। पछिका लागि भने लगानी बढाउन सकिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.