Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चितुवाको छाला सहित २ जना पक्राउ

0 235


२६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाट उत्तरढोकाबाट १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ लैनचौर बस्ने मोरङ डाँगिआठ गाउँपालिका-३ माझि गाउँ स्थायी वतन भएका २८ वर्षीय माईला भन्ने रञ्जित माझी र काठमाडौं मनमैजु बस्ने वागलुङ निशि खोला गाउँपालिका-३ जिवाखोला स्थायी वतन भएका २२ वर्षीय सन्तोष बुढामगर रहेका छन् ।


चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा विक्रीवितरण भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो ।

Subscribe to our newsletter


उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.