Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा

0 662

२६ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेकाे छ। नेप्सेले दुबै कम्पनी शेयर यही शुक्रबार सूचीकरण गर्ने तयारी गरेको छ।

नेप्सेले शेयर सूचीकरणको लागि दुबै कम्पनीकाे आवश्यक सबै कागजातहरु प्राप्त भइसकेको जनाएको छ। सूचीकरणको लागि प्राप्त कागजहरु अध्ययन गरिरहेको जनाउदै नेप्सेले प्रकृया पुरा भए शुक्रबार भित्रै दुबै कम्पनीको शेयर सूचीकृत हुने जनाएको छ।

त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबारमा खुल्नेछ।

Subscribe to our newsletter

महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।

यस्तै ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.