पेरिस डाडाँमा पनि फेरीयो नेपाल कम्युनिस्ट पार्टी (ने क पा )को बोर्ड

0 1,132

२६ फागुन, काठमाडौं । पेरिस डाडाँमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बोर्ड फेरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र एकिकरण भएर २०७५ जेठ ३ गतेबाट नेपाल कम्युनिष्ट पार्टी (ने क पा) बोर्ड रहेको पेरीस डाँडामा लगाएको थियो ।

तर, सर्वोच्च अदातलले आइतवार गरेको निर्णय अनुसार एकिकरण भएको पार्टीको नामले आधिकारिकता पाएन। त्यसपछि पार्टी तीन वर्षअघिकै अवस्थामा फर्किएको छ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र भैएपछि दुवै पार्टीहरुले आ आफ्नो पुरानो नामको बोर्ड पनि लगाएका छन् ।

आज फागुन २६ गते ३२ कोटेश्वर पेरिस डाडाँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले नेपाल कम्युनिस्ट पार्टी नेकपा लेखेर राखेको होडिङ बोर्ड हटायर नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) केन्द्रिय कार्यलय नेपाल लेखिएको बोर्ड राखेको हो ।

पेरिस डाडाँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र

उक्त कार्यको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रिय कार्यलय का सचीव श्री राम ढकाल र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रिय कार्यलय का लेखा प्रमुख राजान पराजुली को नेतृत्वमा फेरवदल भएको हो । उक्त कार्यक्रमा १५ जनको संख्यामा युवाहरु भेला भएका थिए ।

हिजो फागुन २५ गते नेकपा एमाले पार्टीको बोर्ड फेरेको छ । दुवै पार्टीहरुको पुरानो अस्तित्वमा फर्के संगै देश भरिका स्थानीय निकाय सम्मका पार्टी कार्यलयका बोर्डहरु धमाधम फेरीरेहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.