Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेकपा(माओबादी केन्द्र)केन्द्रिय पार्टी कार्यालय पेरिसडाडाँमा बैठक सम्पन्न

0 1,001

२६ फागुन, काठमाडौं । नेकपा(माओबादी केन्द्र)केन्द्रिय पार्टी कार्यालय पेरिसडाडाँमा बैठक सम्पन्न भएको छ । बैठकको नेतृत्व नेकपा(माओबादी केन्द्र)केन्द्रिय पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको हो ।

उक्त बैठकमा उपस्थित अन्य नेताहरुमा प्रबक्ता नारायणकाजी श्रेष्ठ , स्थाई समिति सदस्य लिलामणी पोखरेल, गिरिराज मणी पोखरेल,मात्रीका यादव,देबेन्द्र पैडेल,पम्फा भुसाल,बर्षमान पुन , शक्ति बस्नेत,देब गुरूङ,हरिबोल गजुरेल,जनार्दन शर्मा,कृष्ण महरा लगायतका शिर्ष नेताहरु सहभागि भएका थिए ।

कार्यक्रमा १३ जनाको उपस्थितीमा भएको हो । बैठक बिहान ११ बजेर ३५ मिनेटमा सुरु भइ दिउँसो १२ बजेर ४० मिनेटमा समाप्त भएको हो ।

Subscribe to our newsletter

बैठकमा भएको निर्णयहरुमा बारेमा प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा भएका निर्णयहरु निम्न छन् ।

१) आजकोबैठकमा हिजोको निर्णयअनुसार नेपालि कांग्रेस ,जसपा संग भएको बार्ताको सम्वन्धमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभएको र अझै पनि बिभिन्न पार्टीका नेताहरूसंग थप बार्ता गर्ने जानकारि दिनुभएको छ।


२) हाम्रो पार्टीको केन्द्रिय कमिटको बैठक चैत १ गते र प्रशिक्षण भेला २ गते हुने र त्यो भेलामा समावेश हुने बिभिन्न तहका नेता तथा कार्यकर्ताहरूको क्रईटएरिया/मापदण्डको पनि निर्धार्ण गरिएको छ।


३) हाम्रो स्थाई कमिटि बैठकले पार्टी को अहिलेको समग्र संगठानात्मक स्थिति लाई यथार्तलाई अगाडी राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन केहिदिन भित्रमा प्रतिबेदन पेश गर्ने गरि ४ सदस्य सहितको कार्यदल गठन गरिएको छ ।जसमा
गिरिराजमणी पोखरेल,वर्षमान पुन,जनार्धन सर्मा,पम्फा भुसाल रहनु भएको जानकारी दिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.