Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

0 43


२६ फागुन, बारा ।
निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शव ओछ्यानमै रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको हो ।


पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कु सहित सोमबार रातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।


उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.