Advertisement

युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाटै बाहिरियो

0 289

Advertisement

२६ फागुन, एजेन्सी । इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । दोस्रो लेगमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

मंगलबार भएको खेलमा युभेन्टसले पोर्टोलाई ३-२ ले पराजित गरेकाे थियाे । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ‌। समग्रमा ४-४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो ।

खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। खेलकाे ४९ औँ मिनेटमा फेडेरिको किएजाले गोल गर्दै खेल बराबरीमा ल्याए ‌। उनले रोनाल्डोको पासमा गाेल गरेका थिए ।

६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ काे अग्रता दिलाए । उनले जुआन क्वाडराडोको पासमा गोल गरे । निर्धारित ९०औं मिनेटमा गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

अतिरिक्त समयमको १ सय १५ औं मिनेटमा सर्जियो अलिभिएराले दोस्रो गोल गरे । त्यसको २ मिनेटपछि नै युभेन्टसले गोल फर्कायो । बर्नार्डेस्कीको क्रसमा एड्रिएन राबिअटले हेडरमा गोल फर्काए । त्यसपछि युभेले गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरियाे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.