ओलीले आफु प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचेकोः गंगा दाहाल
२५ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गंगा दाहालले भनेकिछिन् ।
केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचेको भन्दै कडा प्रतिक्रिया दिएकि छिन् । उनले पार्टी विभाजन भएको खुशीयालीमा ओली पक्षधरहरुले देशभर हर्सोल्लाहस मनाइरहेको बताइन् ।
सर्वोच्चबाट पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको बताएकी छिन् ।

दाहालले फेसबुकमा लेखेकी छन्,
‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी वि,भाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’
सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको भन्दै उनले आफ्नो फेसबुकमा स्टाटसमा नेपाली जनताले यसको हिसाब राख्ने चे,ताव,नीसमेत दिएकी छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा कार्यरत छिन् ।