Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

स्यानिटरी प्याडमा चरम घाेटला, रातारात सेटिङ्ग

1 486

२५ फाल्गुन, विराटनगर । विराटनगरको जस्मिन हाइजिनविरुद्ध भन्सार राजस्व छली गरेको दाबीसहित राजस्व अनुसन्धान विभाग परेको उजुरीलाई छानबिन नै नगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली हालै अर्थमन्त्रालय सरुवा भएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरका एक व्यवसायीले विभागका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीलाई गत फागुन १३ गते राजस्व छलीको उजुरी गरेका थिए ।

स्रोतका अनुसार उजुरीकर्ताले जस्मिन हाइजिनका सञ्चालक अनिल सारडा, मधुसुदन सारडा र पुनित सारडाले भन्सार मूल्यांकन कम गरी ठूलो परीमाणमा तयारी स्यानिटरी प्याडहरू नेपाल भित्र्याएको उजुरीमा दाबी गरेका थिए ।

Subscribe to our newsletter

उद्योगी सारडाले हाइजीनका नाममा आयात गरेको प्याड बनाउन प्रयोग हुने कच्चापदार्थ भन्दै तयारी वस्तु आयात गरेको आरोप लगाइएको छ ।

उनले कच्चापदार्थ भन्दै आयात गर्दा भन्सार जाँचपासका लागि प्रज्ञापनपत्रमा प्रयोग गरिएको एचएस कोडले तयारी वस्तु नै आयात गर्ने एचएस कोड प्रयोग गरेका कारण ठूलो मात्रामा राजस्व छली भएको उजुरीमा दाबी गरिएको छ ।

स्यानिटरी प्याड आयात तथा राजस्व छलीसम्बन्धी उजुरीको एक हप्तासम्म पनि महानिर्देशककै जिम्मेवारीमा रहँदा समेत मैनालीले छानबिन अगाडि नबढाएपछि अहिले उक्त मुद्दा छ।

अब के हुन छ?

स्यानिटरी प्याड आयात तथा राजस्व छलीसम्बन्धी अन्यौल नै छ । प्याड आयातसम्बन्धी मुद्दामा राजस्वले कुनै चासो नदिएपछि उक्त स्यानिटरी प्याड आयात प्रकरणबाट माहनिर्देशक मैनाली समेत जोडिएको आशंकाे खबर मिडियाबाट बाहिरिएकाे छ।

मैनालीले आफ्नो ३३ महिने कार्यकालको फेहरिस्त सार्वजनिक गर्दा स्यानिटरी प्याड आयात र राजस्व छलीसम्बन्धी उजुरीका विषयमा कुनै जानकारी गराएनन् ।

तर उक्त कम्पनीले स्यानिटरी प्याडको भन्सार मूल्यांकन एक रूपैयाँ १२ पैसा कायम गरी नेपाल भित्र्याएको भन्सार प्रज्ञापनपत्रसहित राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशकलाई ठाडो उजुरी गर्दा समेत कुनै छानबिन नै नगरी उनी अर्थ मन्त्रालयमा हाजिर हुन पुगेका हुन् ।

उक्त मुद्दामा मैनालीको मौनताले धेरै प्रश्न उब्जाएको बताइएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा उद्योग सञ्चालन गर्दै आएको विराटनगरको सारडा ग्रुप ठूलै पहुँचमा रहेका कारण स्यानिटरी प्याड आयातको मुद्दा ओझेलमा परेको आशंका पनि गर्न थालिएको छ ।

व्यवसायीका अनुसार भन्सार सन्दर्भ पुस्तिकामा समेत तयारी स्यानिटरी प्याडको आयात गर्दा प्रतिगोटा चारदेखि छ रूपैयाँसम्म मूल्य कायम गरिएको छ । तर आयतकर्ताले जे–जति मूल्यमा स्यानिटरी प्याड आयत गरे पनि भन्सार भने सन्दर्भ पुस्तिकामा तोकिएबमोजिम नै तिर्नुपर्छ । स्राेतः आर्थिकदैनिकबाट



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.