Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सनराइज बैंकद्वारा धनगढीमा क्यूआर सेवा सञ्चालन

0 394

२५ फाल्गुन, काठमाडौं । सनराइज बैंकले धनगढीमा पनि क्यूआर कोड सेवा सञ्चालन गरेको छ ।

बैंकका अनुसार त्रिनगर कृषि हाटबजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरिएको हो ।

उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर वड, सनराइज बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाही, त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका अध्यक्ष भवानीसिं चैसिर, सृजनशील सामाजका कोषाध्यक्ष गणेश विक र शाखा प्रबन्धक धर्मकुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Subscribe to our newsletter

बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुँचसम्म पु-याउन धनगढी उपमहानगरपालिकाले अभियान सुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरूले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाइ थियो । कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सनाइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफूल पसल, किराना पसलदेखि लोकल बसहरूसम्म पनि क्यूआर कोड लागू गर्दै यस क्षेत्रमा नगदरहित कारोबारलाई बढाउँदै लगिरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका भवानीसिं चैसिरले अब त्रिनगर कृषि हाटबजारमा तरकारी तथा फलफूूल खरिदबिक्री गर्नआउने व्यक्तिहरूले स–साना कारोबारमा समेत डिजिटल बंैकिङमार्फत सुरक्षित कारोबार गर्नसक्ने बैंकले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.