Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिन्धुपाल्चोकका विद्यालय तहका विद्यार्थीलाई प्रभु बैंकको बैंकिङ साक्षरता

0 443

२५ फाल्गुन, काठमाडौं । प्रभु बैंकले ग्रामीण क्षेत्रका विद्यालयस्तरका विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । बैंकले आइतबार सिन्धुपाल्चोकका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई काठमाडौंमा बैंकिङ साक्षरता उपलब्ध गराएको हो ।

तालमराङ गाउँपालिकास्थित तेर्से माध्यमिक विद्यालय र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गराएर बैंकिङ ज्ञान प्रदान गरेको बैंकले जनाएको छ ।

अवलोकन भ्रमणका क्रममा विद्यार्थीलाई बैंकले सञ्चालन तथा सम्पादन गर्ने विभिन्न क्रियाकलापको जानकारी दिइएको थियो । बैंकका अनुसार विद्यार्थीलाई ५ समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालयअन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरूसँग साक्षात्कार गराइएको थियो ।

Subscribe to our newsletter

स्थलगत अवलोकनको समापनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले विद्यार्थीलाई अन्तरक्रियात्मक उद्बोधन गरेका थिए । शेरचनले बैंकबाट सम्पादन हुने सबै किसिमका काम र सेवाबारे विद्यार्थीलाई सरल भाषामा जानकारी गराएको बैंकले जनाएको थियो । विद्यार्थीले सेरचनसमक्ष बैंक तथा वित्तीय क्षेत्रसम्बद्ध विविध जिज्ञासा राखेका थिए ।

बैंकिङ साक्षरतासँगै प्रमुख कार्यकारी अधिकृत शेरचनले सहभागी विद्यार्थीलाई कापी, कलमलगायत शैक्षिक सामाग्रीसमेत प्रदान गरेका थिए । कार्यक्रममा बैंकका ब्रान्ड एम्बेस्डरसमेत रहेका चर्चित गायक तथा कलाकार प्रकाश सपुतको समेत उपस्थिति थियो ।

प्रभु बैंकले वित्तीय सेवासँगै शिक्षालगायत विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजोपयोगी कार्यक्रममा सहभागिता जनाउने बताएको छ ।

देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकिङसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरी वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको बैंकको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.