Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शिक्षा मन्त्रीकाे निर्देशन : समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउनु

0 740

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् ।

मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए ।
कुनैपनि हालतमा विद्यार्थीलाई अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उनले निर्देशन दिए । ‘पुस्तक नै विद्यार्थीलाई समयमा दिन सकेन भन्ने आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । अब वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न,’ उनले भने, ‘त्यसको लागि तपाईंहरुलाई के अप्ठ्यारो छ रु पाठ्यक्रमबाट तपाईंहरुलाई सामग्री नआएको हो भने किन ढिला भएको छ, तत्काल आफैं पनि पहल गर्नुस् ।’

कुनैपनि पुस्तकको छपाइ समयमा गर्ने र काठमाडौंमा बसेर जुम्लाको विकट गाउँको विद्यालयमा पनि त्यसलाई पु¥याउनुपर्छ भनेर सम्झन उनले आग्रह गरे । ‘यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरु सप्लाई हुनुपर्‍यो । अब नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुँदैछ,’ उनले भने, ‘१ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईंहरुले गर्नैपर्छ । प्रकाशित पुस्तकहरु समयमै त्यो ठाउँमा पुग्नैपर्छ ।’

Subscribe to our newsletter

मन्त्री श्रेष्ठले निर्वाचनका लागि मतपत्र छाप्न पनि जनक शिक्षा सामाग्री केन्द्र तयारी अवस्थामा रहनुपर्ने बताए । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी अवस्थामा रहन उनले



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.