च्याम्पियन्स लीग फुटबलमा आज राति युभेन्टस र पोर्टो भिड्दै
२५ फागुन, एजेन्सी । युरोपको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता च्याम्पियन्स लीग फुटबल अन्तर्गत आज राति इटालीयन क्लब युभेन्टस र पोर्चुगिज क्लब पोर्टो भिड्दैछन् ।
खेल युभेन्टसको घरेलु मैदानमा राति १ः४५ बाट सुुरु हुनेछ ।
पहिलो लेगमा युभेन्टस पोर्टो संग २–१ गोल अन्तरले पराजित भएको थियो ।
युभेन्टसले अघिल्लो चरणमा जान यो खेल कम्तिमा २–० गोल अन्तरले जीत्नै पर्ने दबाब छ भने पोर्टोले बराबरी खल्दा पनि अघिल्लो चरणमा प्रबेश पाउँछ ।