Advertisement

मेगन मार्कल र राजकुमार ह्यारीले खोलेका ११ कुरा (ओप्रा विन्फ्री अन्तर्वार्ता)

0 1,775

Advertisement

२५ फाल्गुन, बीबीसी । ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको बहुप्रतीक्षित अन्तर्वार्ता अमेरिकामा आइतवार राति प्रसारण भएको छ।

सीबीएस टीभीमा प्रसारित दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विविध विषयमा बोलेका छन्।

मेगनले अन्तर्वार्तामा धेरै समय बोलेकी छन् र राजकुमार ह्यारी बीचतिर मात्रै अन्तर्वार्तामा आउँछन्।

सो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले भनेका ११ कुरा यस्ता छन्:

1. छोरा ‘कति अश्वेत हुन्छ’ भन्ने प्रश्न

ह्यारी र मेगनका छोरा कति अश्वेत हुन्छन् भन्ने राजपरिवारभित्र भएको चर्चा भएको आरोप अन्तर्वार्तामा मेगनले लगाएकी छन्।

आफू गर्भवती हुँदा गर्भमा भएको बच्चा कति अश्वेत हुन्छ भन्ने चिन्ता र कुराकानी हुने गरेको उनले बताएकी छन्।

उनले सो कुराकानी ह्यारीसँग भएको र त्यो कुरा ह्यारीले आफूलाई भनेको मेगनले बताइन्। तर दुवै जनाले कसले त्यो कुरा गर्‍यो भनेर भन्न अस्वीकार गरे।

“त्यो कुराकानीबारे म कहिल्यै पनि बोल्नेछैन,” ह्यारीले भने। “त्यो बेला यो अलि अप्ठेरो कुरो थियो, म छक्क परेको थिएँ।”

२. केट र मेगनको सम्बन्ध

केही वर्षअघि समाचारपत्रहरूमा डचिस अफ क्रेम्ब्रिज केटलाई मेगनले विवाहको तयारीको विषयलाई लिएर रुवाएको विवरण प्रकाशित भएका थिए।

तर मेगनले त्यसको उल्टो भएको बताइन्।

“विवाहको केही दिनअघि केट विवाहमा फूल बोल्ने बालिकाहरूको पोसाकलाई लिएर खुसी थिइनन् र त्यसले मलाई रुवायो,” मेगनले भनिन्।

उनले केटले पछि माफी माग्दै पुष्पगुच्छा र पत्र पठाएको पनि बताइन्।

उनले केटका बारेमा यो कुरा उनलाई तल देखाउन नभनेको पनि बताइन्। केट राम्रो व्यक्ति भएको भन्दै उनले केटले पनि गलत कुरा सच्याउन चाहने बताइन्।

३. आत्महत्याको सोच

मेगनले राजपरिवारभित्र छिरेपछि आफूले एक्लो महसुस गरेको र स्वतन्त्रता गुमाएको बताइन्।

“राजपरिवार सदस्य भएयता मैलै यहाँ आउने बेला मात्रै आफ्नो राहदानी, चालक अनुमतिपत्र र साँचो देखेँ। ती सबै मैले त्यहाँ बुझाउनु पर्थ्यो।”

उनले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताइन्।

“मैलै परिवारमा मलाई सहयोग चाहिएको कुरा बताएँ, यसअघि यस्तो कहिल्यै नभएको बताएँ र कतै जानुपर्ने बताएँ र मलाई म जान नसक्ने बताइयो। यो कुरा परिवारलाई राम्रो नहुने बताइयो।”

उनले राजपरिवारको एक वरिष्ठ सदस्य र दरबारको मानव संसाधन विभागलाई यो कुरा बताएको तर कहिल्यै केही नगरिएको बताइन्।

४. डायनाकी साथीसँग भेट

“मलाई थाहै थिएन कि कसलाई मेरो अवस्थाको कुरा गर्ने,” उनले भनिन्।

“मैले यो कुरा भनेको व्यक्ति जोसँग म अहिले पनि साथी छु उनी मेरा श्रीमान्‌को आमाकी मिल्ने साथीमध्ये एक हुन्।”

५. ह्यारीको बुवासँग गुनासो

ओप्राले ह्यारीलाई परिवारका अन्य सदस्यहरू विशेषगरी बुवा प्रिन्स अफ वेल्स र दाजु ड्यूक अफ क्रेम्ब्रिजसँगको सम्बन्धबारे सोधेकी थिइन्।

राजकीय भूमिकाबाट अलग भएपछि एक समय बुवा चार्ल्सले आफ्नो फोन पनि उठाउन छोडेको ह्यारीले बताए।

“मलाई निकै दु:ख लाग्यो किनभने उनी यस्तै समयबाट गुज्रेका थिए र यसको पीडा उहाँलाई थाहा छ।”

“तर म सधैँ उनलाई माया गर्नेछु तर हामीबीच निकै पीडा बाँडिए र अहिले पनि मेरो प्राथमिकतामा हाम्रो सम्बन्ध सुधार्नु रहेको छ।”

विलियमका बारेमा ह्यारीले आफूहरूले नर्कजस्तो अवस्था सँगै देखेको र उनलाई माया गर्ने बताएपछि आफूहरूको बाटो फरक भएको बताए।

राजकुमार चार्ल्स

६. महारानीसँगको सम्बन्ध भने राम्रो

ह्यारीले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र उनीहरू गत वर्ष त्यस अघिभन्दा धेरै पटक नियमित कुराकानी गरेको बताए।

“उहाँ मेरी प्रमुख संरक्षक हुनुहुन्छ, होइन त? सधैँ त्यही रहनुहुन्छ।”

मेगनले पनि महारानीको प्रशंसा गरिन्। महारानीले आफूलाई सँगै गरेको पहिलो कार्यक्रममा राम्रा गरगहना दिएको उनले बताइन्।

७. ह्यारीको आर्थिक सहयोग काटियो

सन् २०२० को पहिलो त्रैमासिकमा ह्यारीका अनुसार उनको परिवारले उनलाई आर्थिक सहयोग दिन बन्द गर्‍यो।

नेटफ्लिक्स र स्पटिफाईसँग उनले र मेगनले कार्यक्रम बनाउन गरेको सम्झौताको कुनै योजना थिएन तर ह्यारीले ‘हाम्रो लागि सुरक्षालाई त खर्च हुनुपर्ने’ बताए।

“तर मैले आमाले मलाई छोडेको सम्पत्ति पाएँ र त्यो नभएको भए हामीले यो सबै गर्न सक्ने थिएनौँ।”

उनीहरूले अमेरिकी अर्बपति टेलर पेरीले क्यानडाबाट क्यालिफोर्निया सर्दा घर र सुरक्षा खर्च दिएको बताए।

८. तस्बिरमा लुकेको कुरा

मेगनका अनुसार उनले ह्यारीलाई आफूे आत्महत्याको सोच आउन थालेको बताएको साँझ उनीहरूले रोयल अल्बर्ट हलमा औपचारिक कार्यक्रममा सहभागी हुनुपर्ने थियो।

मेगनले त्यो दिनको तस्बिरले आफूलाई सधैँ त्यो सोच सम्झाउने गरेको बताइन्।

उनले आफ्नो एक साथीले त्यो तस्बिर राम्रो भएको बताएको बताउँदै भनिन्: “त्यो तस्बिरमा राम्रोसँग हेर्नुभयो भने उनले कति कडासँग मुट्ठी समातेका थिए भन्ने देखिन्छ।”

“हामी हाँसिरहेका थियौँ र आफ्नो काम गरिरहेका थियौँ तर वास्तवमा हामी एकअर्कालाई सम्हालिरहेका थियौँ। जति पटक म भएको स्थानमा अँध्यारो हुन्थ्यो, म रुन्थेँ।”

९. मेगन राजपरिवारबारे अनभिज्ञ

पहिलो पटक महारानी भेटेको बारेमा कुरा गर्दै मेगनले राजपरिवारभित्र घुँडा खुम्चाएर अभिवादन गर्नु सामान्य चलन रहेको थाहै नभएको बताइन्।

उनले राजपरिवारमा जानुअघि त्यसबारे कुनै अध्ययन नगरेको बताइन् र आफ्ना पति ह्यारीका बारेमा अनलाइनमा कहिल्यै नहेरेको बताइन्।

आर्ची आगामी मे महनामा दुई वर्ष पुग्दैछन्

१०. आर्चीको मन पर्ने वाक्य

ह्यारीले छोरा आर्चीको बारेमा र उनलाई साइकलमा बाहिर लग्दा हुने रमाइलोको बारेमा पनि बताए।

अन्तर्वार्तामा आर्ची आफ्नो आमाबावुसँग समुद्र किनारमा खेल्दै गरेको भिडिओ पनि देखाइएको थियो।

ह्यारी र मेगनले हालसालै आर्चीले मन पर्ने शब्द ‘पानी खानूस्’ भएको र ह्यारीका अनुसार जो घरबाहिर निस्के पनि आर्चीले भन्ने वाक्य ‘सुरक्षित जानूस्’ हो।

११. गर्भमा छोरी

ह्यारी र मेगनले अबको ग्रीष्म ऋतुमा छोरीको जन्मिने बताए।

ह्यारीले गजब भएको बताउँदै भने: “अरू के चाहिन्छ र?” दोस्रो बच्चापछि अरू सन्तान नजन्माउने उनले बताए।

अन्तर्वार्ताको अन्त्यतिर ओप्राले मेगनलाई राजकुमार ह्यारीसँग खुसी रहेको बारेमा सोधेकी थिइन्।

त्यसको जबाफमा मेगनले भनिन्: “अहिलेसम्म पढिएको सबैभन्दा सुखान्त कथाभन्दा पनि धेरै खुसी!”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.