Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सत्तारूढ नेकपा भंग भएपछि पहिलाेपल्ट मन्त्रिपरिषद् बैठक बस्दै

0 453

२५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार (आज) अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

सर्वोच्च अदालतले नेकपाको एकीकरण अमान्य हुने फैसला गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । सत्तारुढ दल नेकपा दल नै नरहेपछि पूर्ववत् रुपमा साविकको नेकपा एमालेको अध्यक्ष एवं सोही दलबाट प्रधानमन्त्री रहेको नाताले ओलीले पहिलो मन्त्रिपरिषद बैठक डाक्नुभएको हो ।

यसपटकको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ । सरकारका नियमित एजेन्डाबारे छलफल हुने स्रोतले जनाए पनि अन्य विषयबारे भने खुलाइएको छैन ।

Subscribe to our newsletter

ब्युँतिएकाे नेकपा माओवादी केन्द्रका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहे पनि यसबारे औपचारिक निर्णय भने भइसकेको छैन । हाल गृहमन्त्री रामबहादुर थापासहित केही मन्त्रीहरु पूर्व माओवादी केन्द्रबाटै सरकारमा छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.