Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको शव फेला

0 689

२५ फागुन, दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेका छन । आमासहित चार जना बालबालिकाले नदीमा हाम फालेको आशंका प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका चार जना मध्य सोमबार दुई जनाको शव भेटिएको जानकारी दिनुभयो ।
उहाँले १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटेर सनाखत भइसकेको बताउनुभयो ।

‘३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन ्। आज (मंगलबार) गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe to our newsletter

मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धानसमेत थालेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ। सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट माइत जान लाग्नुभएकी उहाँको माइतमा समेत नगएको नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।

आठबस्स नगरपालिकाकाी उप प्रमुख समेत रहुनु भएकी स्थानीय दीपा बोहोराले श्रीमानले दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने झै–झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्ने बताउनुभयो । उहाँले नदीमै दुईवटा शव भेटिनुले पनि हाम फालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ।

मदिराकै कारण घरेलु हिंसालाई सहन नसकेर आमासहित ४ जना बच्चा हामफाल्न बाध्य भएको हुनसक्ने उहाँको भनाई छ। सोमबार नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्ती भने शोकमग्न बनेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.