Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

धादिङ बेनिघाटमा सवारी दुर्घटना, चालक र सहचालककाे मृत्यु

0 603

२५ फागुन, धादिङ । आज राती करिब ००:५० बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउपालिका वार्ड नं १० तिङग्राङखानी स्थित पृथ्बी लोकमार्ग सडकमा रुपन्देही तर्फ बाट गोयन्का सिमेन्टको लोड लिई काठमाण्डौ तर्फ आउंदै गरेको लु १ ख ७७६२ नं को ट्रक तिङग्राङखानी स्थित सडकबाट अं ३० मिटर तल त्रिशुली नदी किनारमा खस्न गई दुर्घटना भएकाे छ ।

ट्रक दुर्घटना हुंदा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक बनेपा न. पा. नाला घर भएको बर्ष ४५ को बिष्णु घिमिरे र ऐ. ऐ. घर भएको सो ट्रकको सहचालक बर्ष २८ को सुमन सञ्जेलको सोही ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको हुंदा ईलाका प्रहरी कार्यलय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले डिजिटल खबर लाइ जानकारी दिनुभयाे ।

ईलाका प्रहरी कार्यलय गजुरी प्र. चौ. जोगिमारा र शशस्त्र प्रहरी बलको समेत टोली खटि गई मृतक लाशहरुलाई उक्त ट्रकबाट ३ घण्टाको प्रयासमा ट्रकको क्याबिन काटी निकाली मुचुल्का कार्य समेत सम्पन्न गरि लाश पोस्ट मार्टम कार्यको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको । घटना के कसरी हुन गएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैरहेको जानकारी गराउनु भयाे ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.