Advertisement

सामसङ ए १२ नेपाली बजारमा, ४८ एमपी क्यामेरा र शक्तिशाली ब्याट्रीसहित

0 781

Advertisement

२५ फाल्गुन, काठमाडौ । सामसङले हालै आफ्नो ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ट्रु ४८ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप सहितको यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

मोबाइलमा ६.५ इञ्चको एचडी इन्फिनिटी भी डिस्प्ले, ५,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री लगायतका विशेषता रहेका छन् । “हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरु र मूल्य बीचको अन्तरलाई कम गर्न लागिरहेका छौं ।

यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोनमार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन चाहन्छौं, सामसङ नेपालका मोबाइल विजनेस प्रमुख प्रणयरत्न स्थापितले भने ।

फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ग्यालेक्सी ए ट्वेल्भमा ट्रु ४८ मेगापिक्सेलको मेन क्यामेरा सहित पछाडि भागमा ४ वटा क्यामेरा दिइएका छन् । जसमा ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ भने बाँकी दुई वटा क्यामेरा समान २ मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन् ।

यसमा सेल्फीका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामराले रहेको छ । नयाँ ग्यालेक्सी ए ट्वेल्भमा २०ः९ को एस्पेक्ट रेसियोे रहेको छ ।

यसमा १५ वाटको फास्ट चार्जिङ्गको साथ ५००० एमएएच ब्याट्री दिइएको छ । यो मोबाइलको अर्को प्रमुख विशेषता भनेको यसको आकर्षक डिजाइन हो ।

जुन हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङमा रहेको छ । यसको म्याट फिनिसिङले फोनको लुक तथा फिललाई क्लासिक बनाउनुको साथै आकर्षक बनाएको छ ।

यसका साथै ग्यालेक्सी ए ट्वेल्भमासाइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १० अपरेटिङ सिस्टम, वान यूआई कोर २.५ तथा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर लगायतका विभिन्न विशेषताहरु रहेका छन् ।

कालो, नीलो तथा रातो गरी तीन कलर अप्सनमा बजारमा आएको यो फोनको ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य १८,९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ तोकिएको छ । यो फोन नेपालभर रहेका सामसङका आधिकारिक ब्राण्ड शप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.