Advertisement

हुँदा खानेहरुको मनभित्र आफ्नो खुसी खोजिरहने सामाजिक अभियन्ताः सागर लामिछाने

0 1,172

Advertisement

म एकचोटी त अचम्म परे नि। सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुन्।

२४ फल्गुन, चितवन। ‘हुने बिरुवाकाे चिल्लाे पात’ भने जस्तै सानाे उमेर देखि निकै चनचले स्वावभ सामाजिक अभियन्ता सागर लामिछानेले सबैका आँखाका नानि जस्तै छन्।

सामाजिक अभियन्ता सागर लामिछाने

सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुनुपर्छ। किनभने सामाजिक अभियन्ताहरु जति छन् देशभरी उनीहरुले नै सरकारलाई समर्थन गर्ने हो। नेपालमा अहिले फरक भएको छ।

सामाजिक अभियानता भनेको सरकारको विरोध गर्ने वा माइतीघरमा जाने अथवा देशका मुख्य मुख्य शहरका चोक–चोकमा सरकार विरुद्ध आन्दोलन गर्ने। यस्तो प्रवृत्तीचाहिँ अहिले बृद्धि भएको छ। तर, मैले बुझ्ने सामाजिक अभियान भनेको चाहिँ समाजलाई माथि ल्याउन खोज्ने र समाजमा नयाँ अभियान ल्याउने हो।

जसले प्रत्यक्ष रुपमा सरकारलाई नै टेवा पुग्छ। नेपालमा यो खालको गतिविधि नभएको सरकार आफै अस्तव्यस्त भएकोे र सरकारले जसरी सामाजिक अभियन्ताहरुलाई उर्जा दिनुपथ्र्यो त्यो छैन। एघार वर्ष अगाडि म ‘‘नेपाल भ्रमण बर्ष २०११ को प्रचार-प्रशार र बिश्वको बालबालिका संरक्षण गरौ’’ भनि २९ वोटा देशको यात्रा गरेका थिए त्यहाँका स्थानिय सरकार वातावरण मन्त्रीसँग मिलेर ‘बीच’ सामाजिक अभियानहरुकाे साथ लिएर काम गरेकाे थिए भन्छन् लामिछाने।

सागर लामिछानेले आफूले कमाएको केही हिस्सा विपन्न तथा गरिब समुदायका लागि खर्च गर्दै आएका छन् । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका बालबालिकालाई शैक्षिक सहयोगदेखि पैसा नभएर मृत्युको मुखमा पुगेका मानिसहरुलाई उपचारका लागि सहयोग गर्दै आएका छन् ।

हुँदा खानेहरुको मनभित्र आफ्नो खुसी खोजिरहने सागर…

उनको उमेर ३४ बर्ष मात्र भयो। सँगैका साथी भाइ एसआाराम विदेशमा छन्, हाँसखेल, रामरमाइलोमा बिताइरहेका छन्। चितवन जिल्लाको कालिका नगरपालिका -५ मा बसाेवास गर्ने लामिछानेकाे दिनचर्या भने अलि फरक छ ।

‘मान्छे जति धनी भए पनि मृत्युलाई किनेर बाँच्न सक्दैन, त्यसैले बाँचुञ्जेल धनी भएर होइन, खुसी भएर बाँच्न चाहन्छु’, सामाजिक अभियन्ता सागर लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस हो यो….

लामिछानेले सामाजिक अभियन्ताको परिचय बनाइसकेका छन्। चितवनकाे कान्छो अभियन्ताका रूपमा पनि उनको चिनारी बनिसकेको छ। सानो उमेरमा समाज परिवर्तन गर्न जुटेका लामिछानेले ‘‘नेपाल भ्रमण बर्ष २०११ को प्रचार-प्रशार र बिश्वको बालबालिका संरक्षण गरौ’’ भनि २९ वोटा देशको यात्रा गरेका थिए।

नेपाल भरी रगतको अभाव भएकाहरुलाई रगत उपलब्ध गराउन माध्यमको रुपमा काम गर्दै आएका अभियान अन्तर्गत समाज परिवर्तनको रेखा कोर्न खोजेका छन्।

साउदी जेलमा रहेका खैरहनी नगरपालिका-१० चितवनका मुक्तकमैयाको छोरो जलेश्वर महत्वलाई फाँसी हुनबाट बचायर नेपाल ल्याउन अभियन्ता लामिछानेले नै पहल गरेका थिए।

नेपाल भरी प्राकृतिक प्रकाेप, आपत-बिपत पर्दा उद्दारमा निकै सक्रियका साथ स्थलगत पुगेर सहयाेग गर्दै आएका छन्। काेरोना महामारीकाे समयमा करिब हजार घर परिवारलाई खाध्यान्न सहयोग गरे।

धार्मिक क्षेत्र मठ, मन्दिर, गुम्बा र चर्च निमार्णका लागि पनि सहयोग गरे छन्।

असहाय बालबालिकालाई आश्रित दिएका बालगृहहरुमा पनि उनले सहयोग गर्छन् । पछिल्लो समय लामिछानेले सुकुमबासी समुदायका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने काममा लागेका छन् ।

उनले त्यो काम कालिका नगरपालिका वडा नं २ मा रहेको आधारभूत विद्यालय सहपुरबाट सुरु गरेका छन् । सो विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न समुदायका ६० जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेर विद्यालयमा पूर्वाधार निर्माण र शिक्षण सिकाइलाई विकास गर्ने योजना बनाएका छन् ।

उएउटा सामाजिक अभियन्ताले विद्यालयको मुहार फेर्नेगरी बनाएको योजना देखेर विद्यालयका शिक्षक र अभिभावकहरुसमेत दंग परेका छन् । सो विद्यालयमा अभियन्ता लामिछानेले विद्यार्थीहरुलाई लक्षित गरी मनोरञ्जन तथा क्षमता विकास कक्षसहित स्कुल बस, डिजिटल बोर्ड, खेलमैदान र वृक्षरोपण, छात्रवृत्ति कोष स्थापना स्थापना गर्ने योजना बनाएर काम सुरु गरेका छन् ।

उनले विद्यालयको मूलगेटमा दुर्व्यसनीविरुद्धका नाराहरु लेखेको डिजिटल बोर्ड राख्ने तयारी गरेका छन् । नेपालका अधिकांश सामुदायिक विद्यालयमा बनाउने गरी लामिछानेले सो विद्यालयबाट मनोरञ्जन तथा क्षमता विकास कक्षको सुरु गर्दैछन् ।

‘विदेशमा जस्तो बालबालिकाले खेल्दै सिक्दै गर्नेगरी सामुदायिक विद्यालयको एउटा कोठामा त्यस्तो कक्ष बनाउँदै छु’, उनले भने, ‘यसले विद्यार्थीको सञ्चार क्षमता बढाउनुका साथै बोल्ने कलाको समेत विकास गर्नेछ ।’

विदेशमा रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन विभिन्न प्रयत्नहरु गरेको आफूले प्रत्यक्ष देखेको भन्दै उनले आफ्नो क्षमताले भ्याएसम्म नेपालका सामुदायिक विद्यालयमा पनि केही न केही नमुना काम गरेर देखाउने बताए ।

सामाजिक अभियन्ता लामिछानेले क्यान्सर, मिर्गाैला र ट्युमरलगायतका रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । ‘म अरुको खुसीमा आफ्नो खुसी देख्छु’, उनले भने, ‘मरेर के नै लानु छ र बाँचुञ्जेल सबैलाई सहयोग गरौँ भन्ने लाग्छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.