Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

“मधानी महायज्ञ विशेष समारोह २०७७” भव्यताका साथ सफल पार्न आह्वानः मेयर रीनाकुमारी साह

0 91

श्यामाल कुमार गिरी

२४ फाल्गुन, बारा । मौलापुर नगरपालिकाले शिवरात्रीको अवसरमा आयोजना गर्न लागेको “मधानी महायज्ञ विशेष समारोह २०७७” भव्यताका साथ सफल पार्न मेयर रीनाकुमारी साहले आह्वान गरेकी छिन् ।

हजारौँ वर्ष पुरानो इतिहास बोकेको पतौरा पुरातात्विक मन्दिरको प्राङगणमा आयोजा हुन लागेको “मधानी महायज्ञ विशेष समारोह २०७७” धार्मिक पर्यटन प्रवर्द्धनका लागि एक महत्वपुर्ण कार्यक्रम रहेकोले यसलाई सफल पार्न मेयर साहले सबैमा आग्रह गरेकी हुन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना गर्न लागेको उक्त समारोहमा पुजा अनुष्ठान, मेला तथा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहेको छ । ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने मधानी महायई समारोहको अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

फागुन २६ गतेबाट नै मेलाको शुभारम्भ गरिने भएपनि मुल पुजा फागुन २७ गते शिवरात्रीको दिन हुनेछ । सोही दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले कार्यक्रम उद्घाटन गर्ने र दिउँसो ११ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ‘चिन्टु’ लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

साथै फागुन २६ गते देखि लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराको कलाकार द्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि फागुनमा पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पुजा गरेकी थिइन् । भोजपुरी सिनेमा जगतका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ तथा अभिनेत्री आम्रपाली दुबे, नेपाली सुपस्टार निखिल उप्रेती, अभिनेत्री केकी अधिकारीलगायत दर्जनौं कलाकारहरुले सांस्कृतिक प्रस्तुति गर्दा दुई लाखभन्दा बढी दर्शकको उपस्तिथि रहेको थियो मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो ।

सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो देशको थप नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको हो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.