Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल आर्मी पहिलो पायाे ट्रफि

0 345

२४ फाल्गुन, सर्लाही । नेपाल आर्मीले प्रदेश २ स्तरीय पुरुष टग अफ वार प्रतियोगिताको उपाधि जितेको । नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो ।

हरिवन नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा आर्मीले ३० हजार र एपीएफले २० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, बरहठवा नगरपालिका, पर्वतीय खेलकुद महासंघलगायतको पनि सहयोग रहेको थियो ।

हरिवन नगरपालिकामा भएको प्रतियोगितामा ९ पुरुष टिम सहभागी थिए । विजेतालाई हरिवन नगरपालिकाकी उप मेयर रेणुका पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Subscribe to our newsletter

त्यसअघि दुईदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्द भट्टराईले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, बरहठवा नगरपालिकाका मेयर देवानन्द महतो, नेपाल टग अफ वारका उपाध्यक्ष सूर्य भट्टराईलगायतको उपस्थिति रहेको थियो । उद्घाटन अवसरमा महिलाको प्रदर्शनी खेल पनि भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.