मृत्यु प्रकरण: वडा अध्यक्ष रेग्मीको घर र प्रहरी चौकी स्थानियद्वारा घेराउ
२४ फाल्गुन, चितवन । पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर- ६, गुराउचौरमा कन्चन तिमल्सिनाको मृत्यु भएपछि सो स्थान दिन भर तनावग्रस्त रह्याे ।

स्थानियका अनुसार दोषी युवती र उनको परिवार माथि कारवाही कारवाही हुनु पर्ने भन्दै बिराेध गरेका हुन् । स्थानियहरुद्वारा वडा अध्यक्ष बिनोद रेग्मीको घर र प्रहरी चौकी, खोलेसिमल घेराउ गर्दै गरेका थिए।
वडा अध्यक्ष रेग्मीले उल्टै पीडित परिवारलाई प्रहरीलगाई कुटपिट गरेकाे र पीडितको पक्षमा नबोली केटी पक्षको बचाउनमा लागेको आरोप छ ।
लामाे समय देखि प्रेम सम्बन्धमा रहेका युवक र युवतीलाई युबतीका परिवारले अलग गराएपछि युवकले बिष सेवन गरेका थिए । बिष सेवन गरेका युवक ६३ दिन पछि हिजो अस्पतालमा मृत्यु भएकाे आफ्नते बताए। आफन्तले हिजो आइतबार युवतीको घर घेराउ समेत गरेका थिए ।
आक्राेसित भएका मृतकका आफन्तले युवतीको घर घेराउ गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हाे।
आक्रमणकारीले परालको टौवामा आगो लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । हिजो मृत्यु भएका तिमल्सिनाको लास भने आज पनि उठन सकेको छैन ।

उनको लास हिजो देखिनै घरको आँगनमै राखिएको छ । प्रहरीले ती युवतीको घर, वडा अध्यक्ष रेग्मीको घर र प्रहरी चौकी खोलेसिमलमा सयौं ससस्त्र र जनपथ प्रहरी तैनाथ गरि कडा सुरक्षा दिईरहेको छ । मृतक तिमल्सिना परिवारले न्याय पाउनु पर्ने भन्दै सयौं स्थानियहरु सडकमा आएका हुन ।
यस बिषयमा थप जानकारी लिन हाम्रा सहकर्मि जीवन शर्माले प्रहरी चौकी खोलेसिमलका सइलाई सम्पर्क गर्दा अहिले आफुले कुनै जानकारी दिन नमिल्ने बताए र प्रबक्ता मार्फत पछि जानकारी दिने भन्दै पन्छिए।