Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कुमारी बैंकको ‘डिजिटल च्यालेन्ज’ योजना : विजेतालाई आइफोन १२

0 417

२४ फाल्गुन, काठमाडौं । कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । विद्युतीय कारोबारको प्रवर्धन गर्ने उद्देश्यले योजना प्रस्तुत गरेको बैंकले जनाएको छ ।

विद्युतीय कारोबारको प्रयोग बढाउन बैंकले योजनामा संलग्न हुने ग्राहकलाई आकर्षक उपहारको समेत व्यवस्था गरेको छ । योजनाअन्तर्गत ‘कुमारी स्मार्ट’ प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये एकजनाले आइफोन १२ प्राप्त गर्नेछन् ।

विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । साथै, ५ जनाले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।बैंकले योजनाको नाम ‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ दिएको छ । योजनाअन्तर्गत ग्राहकले ३ चरणको काम सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । यसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी सर्वप्रथम ‘टप–अप’ गर्नुपर्नेछ ।

Subscribe to our newsletter

दोस्रोमा ‘फोन पे डिरेक्ट’को प्रयोग र तेस्रोमा ‘फोन पे क्युआर कोड’ स्क्यान गरी भुक्तानीको काम सम्पन्न गर्नुपर्नेछ । यी तीन काम सकेपछि मात्र ग्राहकले आइफोन १२ का लागि हुने ‘लक्की ड्र’मा सहभागी हुन पाउनेछन् ।

कुमारी स्मार्ट एपको पहिलो पटक कारोबार गर्ने ग्राहकमध्येबाट भाग्यशाली ५ जनालाई सामस ट्याब ए ८.० उपलब्ध गराइने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले पहिलोपटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) मध्ये कुनै एक कारोबार गरेपश्चात् ग्राहक लक्की ड्रका लागि योग्य हुनेछन् ।

कुमारी स्मार्टको प्रयोगका लागि ग्राहकले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोली कायम राखेको हुनुपर्नेछ । बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी उल्लेखित कार्य सम्पन्न गरेपश्चात् ग्राहकले योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । ‘एफवान सफ्ट’को सहकार्यमा यो योजना १ मार्चदेखि मार्च महिनाभर लागू हुनेछ ।

कुमारी बैंकले देशभरमा १ सय ९२ शाखा, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । अत्याधुनिक प्रविधिमार्फत सेवाप्रवाह भइरहेको दावी गर्दै बैंकले भविष्यमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त विद्युतीय पूर्वाधारहरू सुदृढ गर्दै प्रतिबद्धता बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.