मुद्दा हारे पनि अदालतका सबै फैसला मान्छु : प्रधानमन्त्री
२४ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो,’ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो।’
प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको बताउनुभयो ।
संसदको पहिलो बैठक सेटिङमा चलेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो,’ उहाँले भन्नुभयो, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’