Advertisement

हाइब्रिड गियरबक्सको साथ आयो हुन्डाई भेन्यू, सुरुवाती मूल्य ४४ लाख ९६ हजार

0 353

Advertisement

२४ फाल्गुन, काठमाडौं । हुन्डाई मोटरको सव-फोर मिटर एसयूभी भेन्यू नयाँ गियरबक्सको साथ नेपाल आएको छ । कम्पनीले म्यानुयल गियरबक्समा पनि क्लच नचाहिने टेक्नोलोजी ‘आईएमटी’को प्रयोग गरेर भेन्यू सार्वजनिक गरेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यसको दुई भेरियन्ट नेपाल ल्याएको हो । १.० लिटर टर्बो इन्जिनको साथमा आईएमटी गियरबक्स भएको एस र एसएक्स भेरियन्ट नेपाल आएको हो । एस भेरियन्टको मूल्य ४४ लाख ९६ हजार तोकिएको छ भने एसएक्स भेरियन्टको मूल्य ५० लाख ५६ हजार निर्धारण गरिएको छ ।

नेपाली बजारमा पनि भेन्यूले निकै राम्रो व्यापार गर्न सफल भएको मोडल हो । कम्पनीले ‘आईएमटी’ टेक्नोलोजी अटो क्षेत्रमा नै नयाँ खोज भएको दाबी गरेको छ ।

नयाँ गियरबक्सले पहिलेभन्दा राम्रो माइलेज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । अहिले कम्पनीले बिक्री गर्दै आएको १.० लिटर टर्बो इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिटीसी अटोमेटिक गियरबक्स रहेको छ ।

नयाँ एस प्लस भेरियन्ट पनि कम्पनी नेपाल ल्याएको छ । थप भएका यी तीन भेरियन्टसँगै नेपाली ग्राहकले विभिन्न १३ भेरियन्टमा भेन्यू खरिद गर्न सक्ने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.