Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सर्वोच्च फैसलाले एमाले र माओवादी केन्द्रको एकीकरण पूर्व हैसियतमा

0 468

२४ फाल्गुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता सम्बन्धमा फैसला दिँदै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पूर्वको हैसियतमा पुर्‍याइदिएको छ।

सर्वोच्च अदालतले आज गरेको फैसला अनुसार नेपाल कम्युनिष्ट पार्टी नाम ऋषि कट्टेलले नेतृत्व गरेको राजनीतिक दलले पाएसँगै सत्तारुढ दल एकीकरण पूर्वको अवस्थामा फर्किएको हो ।

१२ पृष्ठ लामो फैसलामा सर्वोच्च अदालतका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीले सत्तारुढ दलको नाम नेकपा नरहेपछि उनीहरू एकीकरण पूर्वको अवस्थामा पुगेका लेखेका छन्।

Subscribe to our newsletter

फैसलामा उल्लेख छ–
‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’हिमालखबरबाट

फैसलाको पूर्णपाठ:



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.