Advertisement

मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः बस्नेत

0 793

Advertisement

२४ फाल्गुन, सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले मेलम्चीको पानी उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले काँग्रेसका नेता किसुनजीको नामै नलिनु दुखद भएको बताउनुभयो ।

मेलम्चीको जन्मदाता किसुनजी भएको भन्दै मेलम्चीको पानी उद्घाटन कार्यक्रममा नामै नलिनु किसुनजी र सिंगो कांग्रेसको अपमान भएको उहाँले बताउनुभयो । आइतबार सुकुटेमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कांग्रेसले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउने बस्नेतले दावी गर्नुभयो ।

‘पार्टीले नै सालिक बनाउँछ’ उहाँले भन्नुभयो, ‘नभए कांग्रेस खेलकुद विभागले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउँछ ।’

मेलम्चीको पानी काठमाण्डौं लैजाने भन्दै किसुनजीकै पालामा मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो । काम सुरु भएको २२ वर्षपछि काठमाडौंले मेलम्चीको पानी पाएको छ ।

कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले भने, ‘म यही मञ्चबाट घोषणा गर्न चाहन्छु । उचित ठाउँमा कृष्णप्रसाद भट्टराईको मेलम्ची खानेपानीसँग सरोकार राखेको विषयमा शालिक निर्माण हुन्छ ।’

‘नेपाली कांग्रेसले गर्छ । खेलकुद विभागले यसको पहल गर्छ । शालिक बनाउने विषयमा ढिलासुस्ती भयो भने मोहन बस्नेत आफै कस्सिन्छ’, उनले भने, ‘किशुनजीको शालिक बन्नुपर्छ । बनाएर छाड्छौँ । कांग्रेसले गर्छ ।’

‘कृष्णप्रसाद भट्टराई । जसले मेलम्ची खानेपानी काठमाडौं लैजाने कुरा गर्नुभयो’, बस्नेतले भने, ‘यो राष्ट्रिय महत्वको मात्रै विषय होइन । यो खानेपानीले अन्तर्राष्ट्रिय महत्व राख्दछ । यो योजना सम्पन्न भइसकेपछि कृष्णप्रसाद भट्टराईको भूमिकाका बारेमा मिडियाहरूले धेरै लेखेका छन् । सामाजिक सञ्जालहरूमा ओइरो लागेको छ । सबैलाई धन्यावाद दिन चाहन्छु ।’

उनले भनेका छन्,
‘यो देशको प्रधानमन्त्री मेलम्चीको खानेपानी आयोजना उद्घाटन गर्न गए । खानेपानी काठमाडौंमा लैजाने अभियानकर्ता, त्यसलाई व्यवस्थापन गर्ने व्यक्ति, त्यो भावनाको शिलान्यास गर्ने मान्छे, कृष्णप्रसाद भट्टराई जस्तो शालिन नेताको नाम पनि लिन चाहेन यो केपी ओलीले ।’

‘हिजोसम्म म प्रधानमन्त्री केपी ओलीलाई सम्माननीय भन्न थालेको थिएँ । आजदेखि त्यो सम्माननीय भन्ने शब्द पनि आउन छाड्यो ।

‘यो नाम नलिएकाप्रति नेपाली कांग्रेसको आपत्ति छ । उहाँप्रति गम्भीर आरोप छ ।

सानो मुटु भएको । सानो छाती भएको छ’, उनले भने, ‘अर्काले राम्रो गरेको देख्न नचाहने मान्छेहरूको यो काम हो ।’

‘यो दशको राजधानी काठमाडौंमा पानी खान नपाएर हाहाकार भइरहेको परिस्थितिमा नेपाली कांग्रेसका शालिन सन्त नेता पूर्वधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौं उपत्यकालाई मेलम्चीको खानेपानी लगेर म हराभरा गरिदिन्छु । यहाँका मान्छेको पानी खाने तिष्र्णा म मेटाइदिन्छु’, नेता बस्नेतले भनेका छन् ।

‘कांग्रेसको सरकारले मेटाउँछ भनेर मेलम्ची खानेपानी काठमाडौं लैजाने अवधारणा अगाडि सार्नुभयो’, बस्नेतले भने, ‘धेरै फटाहाहरू यो योजनाको प्रमुख भए । मन्त्रीहरूले काम गर्न जानेनन् । आर्थिक घोटाला कसरी गर्न सकिन्छ भनेर धेरै ध्यान दिन थाले । अहिले पानी सुरुङको नहर हुँदै काठमाडौं पुग्न थाल्यो ।’

कांग्रेस केन्द्रीय सदस्य ओलीले भनेका छन्,
‘मेलम्ची खानेपानी आयोजनामा एकजना भट्टराई थर गरेको ईञ्जिनियर त्यहाँ हुँदा हेडवर्क नबनेरै ५८ करोड रुपियाँ बिल बनाएर खाएका छन् । मैले लेखा समितिमा कुरा उठाएपछि त्यो पैसा अहिलेसम्म बेरुजु छ । त्यो पैसाको भुक्तानी दिने व्यक्ति प्रधानमन्त्रीको अर्थ सल्लाहकार छ । भ्रष्टाचार गर्नेलाई ओलीले सल्लाहकार बनाएर राखेका छन् ।’

‘यो देशमा प्रतिशोध नराखेर देश, जनता र कार्यकर्ताका लागि खट्ने पार्टी नेपाली कांग्रेस हो’।

‘जब कांग्रेसले नेपालमा ठूला योजनाहरू ल्याउन खोज्छ । कम्युनिस्टहरूले सधैँ यसको विरोध गर्छन् । अरुण तेस्रो जलविद्युत आयोजना गिरिजाप्रसाद कोइरालाले चाहेको बेला नेपालमा ल्याउन सकेको भए आज यो देशमा कति वर्ष अगाडि लोडसेडिङमुक्त हुने थियो । जनतालाई थाहा छ’, उनले भनेका छन् ।

‘कांग्रेसले शिलान्यास गर्ने कुरा गर्न थालेपछि एमालेका माधव नेपालको नेतृत्वमा लिखित रुपमा विरोध गर्नुभएको छ । अरुण तेस्रोमा लगानी नगर भनेर पत्र पठाएका छन्’, उनले भने, ‘अरुण तेस्रोको शिलान्यास गरेका छन् । अहिले ओलीको राम्रो कामको सूचीमा राखेका छन् ।’

उनले भनेका छन्, ‘नेपालको दोस्रो लामो राप्ती पुल नेपाली कांग्रेसले अवधारणा ल्याएको थियो । त्यसको शिलान्यास गर्ने कार्यक्रम भएपछि एमालेले देउखुरी बन्दको आयोजना गरेको थियो । फटाहा कम्युनिस्टले देउखुरी बन्द गरेका थिए । पुल बन्न दिनु हुँदैन भनेर ।’

कार्यक्रममा कोरोना महामारी र बाढी, पहिरोका बेला सहयोग गर्ने, सामाजिक सञ्जालमा तस्वीर र सन्देशहरू राख्ने, सञ्चारकर्मीलगायत करीव १५० जनालाई पूर्वमन्त्री एवम् कांग्रेस नेता बस्नेतले सम्मान गरेका थिए । कार्यक्रममा खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनसहितका नेताहरूको उपस्थिति रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.