Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बार्सिलोनाको नयाँ अध्यक्षमा लोपार्टा

0 212

२४ फागुन, एजेन्सी स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका थिए ।

Subscribe to our newsletter

लापोर्टाले आफ्नो पहिलो कार्यकालमा पेप गुआर्डीओलालाई प्रशिक्षक नियुक्त गरेका थिए । उनकै समयमा क्लबले ब्राजिलियन स्टार रोनाल्डिन्हो र क्यामरुनका फरवार्ड स्यामुएल एटोलाई अनुबन्ध गरेको थियो । त्यसबेला क्लबले २ च्याम्पियन्स लिग र ४-४ पटक लिग उपाधि र कोपा डेल रे जितेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.