Advertisement

महालक्ष्मी विकास बैंकको ९.२६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

0 387

Advertisement

२४ फाल्गुन, काठमाडौं । महालक्ष्मी विकास बैंक (एमएलबिएल) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश दर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि घोषणा गरिएको हो ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको ४७८औँ बैठकले सेयरधनीलाई बोनस र नगद लाभांश गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णय बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले लाभांश पाउनेछन् ।

महालक्ष्मीका सेयरधनीले यसवर्ष ८.८० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकले बोनसबापतको कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांशसमेत दिने भएको छ । यसको अर्थ सेयरधनीले बोनस सेयरबापतको कर आफूले तिर्नुपर्ने छैन ।

बैंकले गत आर्थिक वर्षमा १७.८९ प्रतिशत लाभांश दिएको थियो, जसमा ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद लाभांश थियो । यस वर्ष बोनसमा झिनो वृद्धि गरिए पनि नगद लाभांश कर प्रयोजनका लागि मात्र दिइएकाले कुल लाभांश गत वर्षको तुलनामा झन्डै आधा देखिएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले १६ मार्चमा बुकक्लोज गर्ने भएको छ । त्यसैले १५ मार्चसम्म कायम सेयरधनीले घोषित बोनस पाउनेछन् । बैंकले १३ चैतका लागि साधारणसभाको मिति तय गरेको छ । साधारणसभा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।

बैंकले देशका सहरी तथा ग्रामीण क्षेत्रमा गरी १ सय ३ वटा शाखा र ३४ वटा एटिएममार्फत वित्तीय सेवा दिइरहेको छ । हाल ५ लाखभन्दा बढी ग्राहक संख्या रहेको बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.