Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एनएमबी बैंकका अध्यक्ष गोल्यानलाई सिबिफिनको नेतृत्व, १५ सदस्यीय कार्यसमिति निर्विरोध

0 319

२४ फाल्गुन, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पवनकुमार गोल्यान निर्वाचित भएका छन् । परिसंघको पहिलो वार्षिक साधारणसभाबाट गोल्यान निर्विरोध निर्वाचित भएका हुन् । उनी एनएमबी बैंकका अध्यक्षसमेत हुन् ।

गोल्यानको नेतृत्वमा १५ सदस्यीय कार्यसमितिको निर्वाचन गरेको सिबिफिनले जनाएको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष र सदस्यहरुको पनि निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह चुनिएका छन् । विकास बैंकतर्फको उपाध्यक्षमा राजेश उपाध्याय निर्वाचित भएका छन् ।महासचिवमा केशरबहादुर रायमाझी चयन भएका छन् । त्यसैगरी, तुल्सीराम अग्रवालले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

Subscribe to our newsletter

सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यमा पृथ्वीबहादुर पाँडे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान चुनिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.