च्याउको बीउ बिक्रीबाट एक लाख आम्दानी
वैदेशिक रोजगार र स्वदेशमै हेपिएका रमेश यादब स्थानियलाई दिए राेजगारी, मासिक रु एक लाख आम्दानी ।
२४ फाल्गुन, काठमाडौं । एक युवकले च्याउको बीउ बेचेर आफ्नाे भाग्यनै बदलिदिएका छन्। कालिका नगरपालिका– ३ का रमेश यादबलाई वैदेशिक रोजगार तेति फापेन, उनि निराशमा थिए। अब, के गर्दा आम्दानीकाे स्राेत बढाउन सकिएला भन्ने उनकाे निकै गहन साेच विचारमा थिए यादब।
काे हुन् रमेश यादब
कालिका नगरपालिका–३ पदमपुरका रमेश यादब वैदेशिक रोजगारबाट फर्के पछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो ।
पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।
स्वदेशमै केही गरौँ भनेर २०७१ साल देखि च्याउ व्यावसायिक शुरु गरेका उनले अहिले एक हजार ८०० पोका राख्नसक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउखेती गरिरहेका छन् । च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्ष देखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उनले बताए । उनका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उनकाे भनाइ छ अहिले कालिका नगरपालिका–३ पदमपुरमा नै बीउ उत्पादन भएपछि यस क्षेत्रमा च्याउ व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको उनकाे भनाइ छ ।

उनले करीब रु. ८५ लाखमा भन्दा बढि बीउ उत्पादन गर्ने उपकरण खरीद गरेका थिए । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उनले बताए ।
उनले प्रतिप्याकेट रु. ५० मा स्थानीय किसान, क्लव चाेक, खाेलेसिमल, टाँडी बजार र नारायणघट बजार केन्द्र देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उनलाई पारिवारिक राम्रो सहयोग र साथ रहेकाे छ।
उनले च्याउको बीउ उत्पादन गर्ने काममा ७/८ जनालाई रोजगारी पनि दिएका छन्। हिजाेका दिनमा आफ्ले राेजगार नपाएकाे र राेगजारकाे खाेजिमा आफुलाई अन्य व्यावसायीहरुले गरेकाे ब्यावाहारले आज सम्म पनि मन पाेलेर आउने गरेकाे उनकाे तिताे अनुभब सुनाउछन्। र यही व्यवसायको कमाइबाट १० कट्ठा जग्गा खरीद गरेको अनुहारमा मुस्कान भर्छन् ।
[…] सेयर कारोबारीले डर के को हो ? […]