Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

0 1,265

२४ फाल्गुन, सानफ्रान्सिस्को । विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ ।

उहाँको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो ।डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिनेछ ।

सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलें,” घोषणा गर्नुभएको थियो ।गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार “भ्यालुएबल्स एट सेन्ट” मा एउटा लिंक राख्नु भएको थियो । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।

Subscribe to our newsletter

शनिबार डोर्सीका ट्वीट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्वीट खरिद गर्न इच्छा देखाउनुभएको थियो । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्वीट २५ लाख डलरमा खरिद गर्ने घोषणा गर्नुभएको थियो ।

डोर्सीको उक्त ट्वीट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउनेछन् ।

आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन ९एनएफटी०” मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण (टप सट)को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.