Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हामीले कसैलाई कारबाही र निकाला गरेका छैनौँ - प्रधानमन्त्री

0 284

“हामीले कसैलाई कारबाही गरेका छैनौँ, निकालेका छैनौँ । पार्टीमा सबैलाई स्वागत छ, नयाँ शिराबाट अगाडि बढ्न सकिन्छ”- प्रधानमन्त्री

२४ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक परिस्थितिबीच आवश्यक परेमा संसद्मा विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभएको छ ।

नेकपाको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले आइतबार दिएको फैसला र प्रतिनिधि सभा बैठकका कामकारबाहीका विषयमा छलफल गर्न आयोजित दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा विकसित र बदलिएको राजनीतिक परिस्थितिमा पार्टीलाई कसरी बलियो बनाएर जाने भन्ने विषयमा धारणा व्यक्त गर्नुहुँदै संसद्मा विश्वासको मत लिएरै अगाडि बढ्ने बताउनुभएको हो ।

Subscribe to our newsletter

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको धारणा उद्धृत गर्नुहुँदै संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भन्नुभयो, “सर्वोच्च अदालतबाट आएको फैसलाले ऋषि कट्टेललाई जिताएको हो, हामीलाई होइन ।”

प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी एकतालाई नयाँ ढङ्गबाट अगाडि बढाउन सकिने सम्भावनाबारे समेत चर्चा गर्नुभएको थियो ।

“हामीले कसैलाई कारबाही गरेका छैनौँ, निकालेका छैनौँ । पार्टीमा सबैलाई स्वागत छ, नयाँ शिराबाट अगाडि बढ्न सकिन्छ”, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्नुहुँदै सचेतक चौधरीले भन्नुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.