Advertisement

आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रमहरू साथ मनाउँदै

0 600

Advertisement

२४ फाल्गुन, काठमाडौं । आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभरका नारीहरूले धुमधामका साथ मनाइरहेका छन् । नेपालमा पनि नारी सम्बन्धित विभिन्न कार्यक्रमहरू सरकारी र नीजि स्तरबाट गरिँदैछ । महिला दिवस प्रत्येक वर्ष आउँछ अनि दुइवाक्य कथिन्छ अनि सकिन्छ । बोलेका कुरा व्यवहारमा लागू हुँदैनन् । अनि अभावसहितको वाक्यहरू प्रत्येकवर्ष दोहोरिन्छ । यही हो देशको वास्तविकता ।

स्थापनार्थ ‘सेलीब्रेटिंग द पास्ट, प्लानिङ्ग फर द फ्यूचर’ देखि सुरू भएकाे महिला दिवसले याे दिनमा “बेलेन्स फर बेटर” काे नारामा पुगेकाे छ । सन् १९१० मा कोपेनहेगनमा कामगर्ने महिलाहरुको एउटा इन्टरनेशनल कन्फरेन्स आयोजना भएको थियो । त्यहि सम्मेलनमा पहिलो पटक क्लारा जेटकिनले इन्टरनेशनल वुमेन्स डे मनाउन सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका करिव १० महिलाहरु सामेल थिए । सहभागी सबैले क्लाराको सुझावलाई समर्थन गरेका थिए ।

सबैभन्दा पहिले सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्वीटजरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । तर मितिले भने यसपटक हामी १११ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौँ ।

८ मार्च नारी शक्तिको उदय भएको दिन । महिलाको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाभित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस भनेर मनाउने गरिएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

नेपाल लगायत विश्वका प्राय: सबै राष्ट्रहरुमा अन्तर्राष्ट्रिय संस्कार एवं संस्कृति झै विभिन्न नारी शक्तिको उत्थान र अधिकारिक समानता र
अवसरका नारा सहितका गतिविधि र कार्यक्रमहरु गरी विश्व नारी दिवस मनाइन्छ । यस दिन नेपालमा मात्रै नभई विश्वका अन्य राष्ट्रहरुमा पनि सार्वजनिक विढा हुने गर्दछ |विश्वभरिका विभिन्न सरकारी, गैर-सरकारीमहिला संघ-संस्थानहरु, महिला अधिकारिकर्मीहरु यस विशेष दिन लैंगिक विभेदता, घरेलु महिला हिंसा र असमानताको अन्त्यको वकालत सहित विरोधमा नाराबाजी,सभा-गोष्ठी,र्याली एवं कार्यक्रमहरु गरी विश्व नारी शक्तिको पहिचान, नारी हकहित अधिकारको सुनिश्चितता, लैंगिक समानता र समान अवसरको सुनिश्चित गर्न एकमत भएर लागिपरेको हुन्छन् ।

८ मार्चमा किन मनाइन्छ नारी दिवस ?

सन् १९१३ मा यसलाई परिवर्तन गर्दै ८ मार्चमा दिवस मनाउन थालियो । यसको पछाडि एक घटना छ । जब क्लाराले वुमेन्स डे मनाउने कुरा गरेकी थिइन, तब उनले कुनै तारिख दिएकी थिइनन् । सन् १९१७ को बोल्शेविक क्रान्तिको दौरान रुसका महिलाहरुले ‘ब्रेड एण्ड पीस’ को माग गरे ।

महिलाको हडताल र सो बाट भएको दवावका कारण त्यहाँका सम्राट निकोलस पद छाड्न वाध्य भए । यो घटनास्वरुप त्यहाँको अन्तरिम सरकारले स्थानीय महिलालाई मतदानको अधिकार दियो । त्यो समय रुसमाजुलियन क्यालेण्डरको प्रयोग हुन्थ्यो । जुन दिन महिलाहरुले हडताल सुरु गरे त्यो दिन २३ फेब्रुअरी थियो । ग्रेगेरियन क्यालेण्डरमा यो दिन ८ मार्च थियो र त्यसपछि अन्तर्राष्ट्रि य महिला दिवस ८ मार्चमा मनाउन थालियो ।

महिलाको अवस्था कस्ताे छ ?

नेपालमा महिलाको अवस्था विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठूलो बिभेद छ । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी ५१ प्रतिशत हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । नाम मात्रको ३३ प्रतिशत कुनै स्थानमा देख्न सकिएको छैन । तर पिछल्लो संविधानले कम्तिमा श्वास फेर्नसक्ने स्थानहरू भने अवस्थ बनाइदिएको छ ।

परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विवाह, छोराको महत्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन । लैंगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरआदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । महिला हक,अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी संघ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उद्धेश्यका साथ बिभिन्न नारी सम्मेलन गरी सोहि घोषणा पत्रको बुँदालाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ ।

आत्मनिर्भर बनाउने तथा निर्णय प्रक्रियामा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने शक्ति हो, आर्थिक शक्ति । नेपालमा महिलाको आर्थिक आवस्था त्यति राम्रो देखिदैन । अपनत्वको सवालमा महिलाको अवस्था दयनिय छ । भूमिको पहुँचको त झनै के कुरा गर्ने, छैन भन्दापनि हुन्छ । रोजगारीको सवालमा पनि ज्याला र मजदुरीको अवस्थामा खासै सुधार देखिएको छैन ।

आफुलाई आत्मनिर्भर,आत्मविश्वास दिलाउन वा समग्र देश विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ । भनिन्छ एक महिला शिक्षित भए सवै परिवार नै शिक्षित हुन्छन । केहि दशक यता समग्र रूपमा साक्षरताको दर उल्लेख्य रूपमा वृद्धि भएको भएतापनि हाम्रो देशमा निकै थोरै मात्र शिक्षित छन् । सन् २०११ को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ६५.९ प्रतिशत देखाएकाे छ । यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ । जनगणना २०११ ले पुरूष जनसङ्ख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको थियो । यस्तै महिलाको स्वस्थ्य स्थति सुधरान्मुख छ भन्ने तथ्याङ्कले देखाएको छ । एन डी एच एस सर्वे २००६ ले मात्तृमृत्युदर प्रति लाखमा २८१ देखाएको छ । यस मात्तृमृत्युदर प्रति लाखमा ५३९ रहेको थियो ।

मुखमा रामराम बगलीमा छुराजस्तै नेपालमा महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । न्याय हराउन थालेको आभाष हुन थालेको छ । प्राप्ति हुँदापनि खुलेर स्वतन्त्रताको वकालत र व्यवहार देख्न नसक्नुले अन्तर्राष्ट्रिय नारी दिवसले दिने सन्देश कताकता नपूगेको महशुष गराएको छ । बोलीमा नभएर व्यवहारमा नारी अधिकार आजको आवश्यकता हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.