एमाले र माओवादी केन्द्र ब्युँतिएपछिका तीन विकल्प

0 401

२४ फाल्गुन, काठमाडौं । सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम ऋषि कट्टेललाई दिँदै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणलाई पुरानै अवस्थामा फर्काएपछि यी दलको अवस्था के हुन्छ ? निर्वाचन आयोग निर्णायक हुने भएको छ।

यसअघि नेकपाको आधिकारिक समूह को भन्ने मात्र समस्या थियो। सर्वोच्चको परमादेशपछि कानुनी जटिलताहरू बढेका छन्।

परमादेशसँगै आयोगमा एमाले र माओवादी केन्द्रको नाममा दर्ता भएका नयाँ दलको हैसियत के हुने ? नेकपाबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभाको उपचुनावबाट जितेका जनप्रतिनिधि कुन पार्टीको मानिने लगायतका जटिलता थपिएको छ।

अब आयोगले के गर्छ ? उकेरासँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन विकल्प अघि सारे।

१. एकीकरण गर्ने

सर्वाेच्च अदालतको परमादेशले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)लाई साबिकको अवस्थामा फर्कायो।

अब यी दुई दललाई एकीकरण गर्न फेरि बोलाउने। र, पहिलेकै अवस्थामा अभिलेखीकरण गर्ने।

२. सोही नामका दुई दलको नाम र चुनाव चिह्न बदर गर्ने

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि सोही नामका दुई दल (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) दर्ता भएका छन्। अब ती दुवै दललाई अर्काे नाम प्रस्ताव गर्न दिने। र, चुनाव चिह्न पनि अर्काे दिने।

३. दफा ९ र १० बमोजिम एकीकरणका लागि बोलाउने

सर्वाेच्चको परमादेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिए। अब यी दुई दलले एकीकरण गर्न चाहे राजनीतिक दलसम्बन्धी ऐनको दफा ९ र १० बमोजिम फेरि एकीकरणका लागि बोलाउने। तर, नयाँ नाम लिएर।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.