एन्जल्स र पाकिस्तान दूतावास बिजयी

0 376

२३ फाल्गुन, काठमाडौं । एन्जल्स हार्ट एकेडेमी र पाकिस्तान दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप टि– ट्वान्टी क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

धुम्बाराही स्थित पाकिस्तान दूतावासको मैदानमा आइतवार भएको खेलमा एन्जल्स हार्टले बासुलिङ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बासुलिङ क्रिकेट क्लब १७।२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनायो । बासुलिङको लागि तिलक बोहराले ३१ तथा सुशील पटेल २४ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बासुलिङलाई सस्तैमा समेट्न एन्जल्सका लागि दिवस कुँवरले सर्वाधिक ४ विकेट तथा अंकित न्यौपानेले ३ विकेट लिए ।

बासुलिङले दिएको ८३ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट एकेडेमीले १४।१ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एन्जल्सका लागि बिपिन न्यौपानेले अविजित ३० रन जोडे । उनी प्रतियोगिताका म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै युवराज खत्रीले १८ रन जोडे ।

यस्तै दिनको दोस्रो खेलमा पाकिस्तान दूतावासले लायन क्रिकेट क्लबलाई ५३ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान दूतावासले इर्शद अलिको अर्धसतकको मद्दतमा लायन क्रिकेट क्लबलाई १९५ रनको टार्गेट दिएको थियो ।

पाकिस्तान दुतावासका लागि इर्शदले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा सौकात अलिले ४० रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको लायनले मात्र १४१ रन जोड्न सक्यो । लायनका लागि आदित सुबेदीले ४० तथा रोजल राउतले ३५ रन बनाए ।

पाकिस्तान दूतवासका लागि नरेश थापाले ३ विकेट तथा नाशिर खान र रन्शन प्रसाईले २–२ विकेट लिए ।

यस अघि पाकिस्तान दूतवास उद्घाटन खेलमा हाम्रो किचनसङ पराजित भएको थियो ।
पाकिस्तान दूतवासको छैठौं संस्करणको यस प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा बिभाजन गरिएको छ ।

खेलअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।

समूह ’ए’ मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेको छन् ।
समूह ’बी’ मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।

यस्तै समूह ’सी’ मा आरएस विधापिठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस ९आईओई ० रहेका छन् ।

समूह ’डी’ मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.